५ चैत्र २०८२, बिहिबार | March 19, 2026

लिचीबारी जग्गा प्रकरण : पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठसँग ७८ लाख बिगो माग, अरुसँग कति मागियो ?



काठमाडौं । पोखराको लिची बगान जग्गा घोटालासँग जोडिएको घुस डिल प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले बुधबार विशेष अदालतमा एमाले नेता तथा पूर्वमन्त्री राजकुमार गुप्ता र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको हो।उनीहरुविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

गुप्ता र श्रेष्ठबाहेक यस प्रकरणमा मुछिएका अन्य पाँच जना रामचन्द्र अधिकारी, याम कुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुनविरुद्ध पनि मुद्दा दायर भएको छ । यीमध्ये अधिकारीविरुद्ध ५३ लाख, गुरुङविरुद्ध २५ लाख, बुढामगरविरुद्ध ७८ लाख र पुनविरुद्ध २५ लाख बिगो मागदाबी गरिएको छ ।

बुधबार अख्तियारको टोली उनीहरूविरुद्धको मुद्दा लिएर विशेष अदालत पुगेको थियो।

घुस डिलसम्बन्धी श्रव्य सामग्री सार्वजनिक भएपछि अख्तियारले यो घटनाको अनुसन्धान अघि बढाएको थियो। उक्त सामग्रीमा बिचौलियाले पूर्वभूमिसुधारमन्त्री तथा एमाले नेता बलराम अधिकारीको नाम समेत लिएका थिए। अधिकारीमाथिको अनुसन्धान भने अझै जारी रहेको अख्तियार स्रोतले जनाएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ४ : ४९ बजे

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।