१५ माघ २०८२, बिहिबार | January 29, 2026

भक्तपुर नगरपालिकाले निर्धारण गर्यो पञ्चाङ्ग निर्णायक समितिको भन्दा तिहारको फरक साइत



भक्तपुर । भक्तपुरका नेवार समुदायले यसवर्षको तिहारमा कात्तिक ४ गते म्हः पूजा र ५ गते किजा पूजा (भाइटीका) मनाउने भएको छ ।

आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यसवर्षको तिहार (स्वन्ती) मनाउने विषयमा तलेजुका पुजारीहरू तथा ज्योतिषहरू डा वीरेन्द्रप्रसाद कायष्त र केदारप्रसाद दैवज्ञ जोशीसहितको उपस्थितिमा छलफल गरी यस्तो निणय गरेको हो ।

तलेजुका पुजारीहरूको सुझाव र तिथिअनुसार २०८२ कात्तिक २ गते आइतबार काग तिहार, ३ गते सोमबार बिहान कुकुर तिहार, दिउँसो ३ बजेपछि औंशी तिथि लाग्ने हुँदा साँझ लक्ष्मी पूजा गर्ने, कात्तिक ४ गते मङ्गलबार दिउँसो ४ः२९ बजेपछि कछला थ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हा पूजा गर्ने र ५ गते साँझ ६ः२० बजेपछि द्वितीया तिथि पर्ने भएकाले किजा पूजा अर्थात् भाइटीका गर्ने निर्णय गरेको हो ।

पञ्चाङ्ग निर्णायक समितिले भने कात्तिक ४ गते खाली, ५ गते म्हः पूजा र ६ गते बिहीबार किजा पूजा अर्थात् भाइटीका गर्नेगरी साइत सार्वजनिक गरेको छ । भक्तपुर नगरपालिकाले केही वर्षयता पञ्चायन निर्णायक समितिले सार्वजनिक गरेको तिथिमितिअनुसार तिहार नमानेर भक्तपुरको तलेजुका पुजारी र ज्योतिषहरूले गरेको निर्णयानुसार तिहारको पर्वहरू मनाउने निर्णय गरी सोहीअनुसार गर्न आह्वान गर्दै आएको छ ।

सोही अनुरूप यसवर्ष पनि बसेको बैठकबाट भक्तपुर नगरपालिकाले पञ्चायन निर्णायक समितिको निर्णयभन्दा फरक तिथिमिति सार्वजनिक गर्दै सोहीअनुसार तिहार मनाउन आह्वान गरेको हो । यस्तो निर्णयमा भक्तपुरका नेवार समुदायले केहीले नगरपालिकाको निर्णयानुसार तिहार मनाउने र केहीले पञ्चायन निर्णायक समितिको निर्णयानुसार तिहार मनाउँदै आएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ९ : १२ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण