२० श्रावण २०८३, बुधबार | August 5, 2026

जेन जी शहीदको नाममा सडकको नामाकरण



नेपालगन्ज । जेन जी प्रदर्शनका क्रममा गत भाद्र २३ गते प्रहरीको गोली प्रहारबाट मृत्यु भएका जेन जी शहीद द्वय शुलभ र आयुषको नाममा नेपालगन्जमा चोक र मार्ग नामाकरण हुने भएको छ । काठमाडौंमा भएको जेन(जी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्ज उपमहानगरपालिका वडा नं १ का शहीदहरू शुलभ श्रेष्ठ र आयुष थापाका नाममा मार्ग वडाले मार्ग नामाकरण सहित गेट निर्माण गर्ने भएको हो ।

धम्बोझीको प्रहरी गुल्मबाट धम्बोजी वाटरपार्क जाने ठाउँमा शुलभ गेट निर्माण गर्दै सो सडक खण्डको गायत्री मन्दिर सम्मको बाटोलाई शुलभ मार्ग नामाकरण गर्ने निर्णय भएको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले बताए ।

त्यस्तै खजुरा रोड शिव मन्दिरदेखि विशाल नगर चोकसम्मको बाटोलाई आयुष मार्ग नामाकरण गर्दै विशाल चोकमा आयुष गेट निर्माण गरिने वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।

वडा नम्बर १ को समितिबाट निर्णय भइसकेको जनाउँदै उनले स्थानीय सरकारकै लगानीमा गेट निर्माण हुने बताए । जेन जी प्रदर्शनका क्रममा २३ गते प्रहरीको गोली लागेर गम्भीर घाइते भएका नेपालगन्जमा शुलभ र आयुषको ट्रमा सेण्टरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  १० : २० बजे

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण