१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पर्सा र बारामा हैजाविरुद्धको खोप दिइने



काठमाडौं । पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।

सो जिल्लामा फैलिएको हैजाको महामारी तथा हालैको वर्षापछि आएको बाढीले ती क्षेत्रमा सिर्जना गरेको उच्च जोखिमलाई ध्यानमा राखी खोप अभियान सञ्चालन गरिने भएको हो ।

गत भाद्र ६ मा पर्साको वीरगञ्ज महानगरपालिका–१२ को मुरली टोलबाट सुरु भएको हैजाबाट हालसम्म पर्सा र बारामा एक हजार ६८५ बिरामी भएका छन् । “हैजा रोग विरुद्धको प्रतिकार्य खोप अभियान, २०८२”का बारेमा आज आयोजित पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक लालले यही २०८२ असोज–कात्तिक महिनामा खोप अभियान सञ्चालन हुने जानकारी गराए। सो अभियान पर्सामा असोज २६ गतेदेखि र बारामा असोज २९ गतेदेखि सुरु भई तिहारअघि सम्पन्न गर्ने महाशाखाको योजना छ ।

सो खोप अभियानकालागि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार १०० मात्रा खोप पर्सा र बारामा पठाउने तयारी गरेको जनाएको छ ।

निर्देशक लालकाअनुसार यस अभियानमा एक वर्षभन्दा माथि उमेर समूहका सबैलाई खोप दिइने छ । प्रतिकार्य स्वरुप सञ्चालन गरिन लागेको हैजा विरुद्धको खोप यस अभियानमा एक पटक दिइनेछ । यो खोप मुखबाट खुवाइने खोप हो र यो सुरक्षित रहेको महाशाखाले जनाएको छ ।

यो खोप एक वर्षभन्दा माथिको उमेरका सबैले खानुपर्दछ । गर्भवती महिला र स्तनपान गराई रहने महिलालाई पनि यो खोप दिन सकिने जनाइएको छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ३ : २७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा