२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

पूर्वप्रधानमन्त्रीहरु सहित वहालवाला पदाधिकारीको मापदण्ड विपरितका सुरक्षाकर्मी फिर्ता गरिँदै



काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्रीहरुले लिँदै आएको मापदण्ड विपरितका सुरक्षाकर्मी फिर्ता बोलाईने भएको छ । पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईसहित सबै पूर्वपदाधिकारीहरुले लिँदै आएको मापदण्ड विपरीतका सबै सुरक्षाकर्मी सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो ।

गृह मन्त्रालयले पूर्वपदाधिकारीहरूलाई स्वीकृत मापदण्डभन्दा बढी र मापदण्डबिना प्रदान गरिएका सुरक्षाकर्मी सम्बन्धित सुरक्षा निकायले तत्काल फिर्ता बोलाउन निर्देशन गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार स्वीकृत मापदण्ड र तोकिएको संख्या भन्दा बढी सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय वहालवाला पदाधिकारीहरूको हकमा पनि लागु हुनेछ ।

गृहको निर्णयसँगै शुक्रबार बिहानसम्ममा मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता भइसक्नेगरी सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बताए ।

हाल सबैजसो पूर्वप्रधानमन्त्रीहरुले मापदण्ड विपरीतका सुरक्षाकर्मी प्रयोग गर्दै आएका छन् । सरकारको निर्णयअनुसार ती अब सबै फिर्ता हुनेछन् । सरकारको यो निर्णबाट ओलीको २७ र प्रचण्डको ३४ जना मापदण्ड भन्दा बढी सुरक्षाकर्मी फिर्ता हुने छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ८ : ३१ बजे

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ । भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

काठमाडौं । काठमाडौं उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर

भोटेकोशी बाढी : सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक

काठमाडौं । भोटेकोशी बाढीका कारण रु ६७ अर्ब ८७ करोडबराबरको

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौं । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर