१ पुस २०८२, मंगलबार | December 16, 2025

पूर्वप्रधानमन्त्रीहरु सहित वहालवाला पदाधिकारीको मापदण्ड विपरितका सुरक्षाकर्मी फिर्ता गरिँदै



काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्रीहरुले लिँदै आएको मापदण्ड विपरितका सुरक्षाकर्मी फिर्ता बोलाईने भएको छ । पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईसहित सबै पूर्वपदाधिकारीहरुले लिँदै आएको मापदण्ड विपरीतका सबै सुरक्षाकर्मी सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो ।

गृह मन्त्रालयले पूर्वपदाधिकारीहरूलाई स्वीकृत मापदण्डभन्दा बढी र मापदण्डबिना प्रदान गरिएका सुरक्षाकर्मी सम्बन्धित सुरक्षा निकायले तत्काल फिर्ता बोलाउन निर्देशन गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार स्वीकृत मापदण्ड र तोकिएको संख्या भन्दा बढी सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय वहालवाला पदाधिकारीहरूको हकमा पनि लागु हुनेछ ।

गृहको निर्णयसँगै शुक्रबार बिहानसम्ममा मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता भइसक्नेगरी सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बताए ।

हाल सबैजसो पूर्वप्रधानमन्त्रीहरुले मापदण्ड विपरीतका सुरक्षाकर्मी प्रयोग गर्दै आएका छन् । सरकारको निर्णयअनुसार ती अब सबै फिर्ता हुनेछन् । सरकारको यो निर्णबाट ओलीको २७ र प्रचण्डको ३४ जना मापदण्ड भन्दा बढी सुरक्षाकर्मी फिर्ता हुने छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ८ : ३१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज