१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

गाँजा सेवन गरेर आन्दोलन गर्न पुगेका डा. निकोलसलाई सुधार केन्द्र पठाईँदै



काठमाडौं । जेन जीको नामबाट भएको भनिएको प्रदर्शनमा गाँजा सेवन गरेर पुगेका डा. निकोलस भुसाललाई प्रहरीले सुधार केन्द्र पठाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका डा. भुसाललाई पक्राउपछि स्वास्थ्य परीक्षण गर्दा गाँजा सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनलाई सुधार केन्द्र पठाउने भएको हो ।

आफूलाई अभियन्ता बताउने भुसाललाई प्रहरीले आज माइतीघरबाट पक्राउ गरेको थियो । पक्राउका क्रममा भुसालले आफुहरुले नै बनाएको गृहमन्त्रीले आफुलाई पक्राउ गरेको भन्दै चर्को भाषण दिएका थिए ।

पक्राउपछि स्वास्थ्य परीक्षण गर्दा भुसालले गाँजा सेवन गरेको पुष्टि भएको प्रहरीले दाबी गरेको छ । यसअघि पनि रुपन्देहीमा भएका विभिन्न आन्दोलन तथा डा. भुसाल सहभागी कार्यक्रमहरुमा उनले गाँजा सेवन गर्ने गरेको आरोप लाग्दै आएको थियो ।

प्रहरीले शुरूमा वीर अस्पताल, त्यसपछि त्रिवि शिक्षण अस्पताल र अन्तिममा प्रहरी अस्पताल लगेको थियो । प्रहरी अस्पतालमा उनको स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । यसअघि पक्राउ पर्दा पनि भुसालले गाँजा सेवन गरेको पाइएको प्रहरीको दाबी छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालयबाट कुनै पनि समूहले आन्दोलनका लागि अनुमति नलिएको अवस्थामा भुसालले मान्छे जम्मा गरी आन्दोलन गर्न उक्साएपछि प्रहरीले उनलाई पक्राउ परेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ९ : २१ बजे

खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश

काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड

काठमाडौं-२ नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं निर्वाचन क्षेत्र

शान्तिपूर्ण निर्वाचनका लागि प्रधानमन्त्रीले गरिन पाथीभरा मातासँग प्राथना

ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको

आज ३० औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३० औँ जनयुद्ध