१० माघ २०८२, शनिबार | January 24, 2026

धादिङको भल्टारमा बस र टिप्पर ठोक्किँदा ११ जना घाइते



धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको भल्टारमा यात्रुबाहक बस र टिप्पर एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।

गल्छी गाउँपालिका–७ भल्टारमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु १ ख ०७६६ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ८ ख २५९१ नम्बरको टिप्पर आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइते हुनेमा सर्लाही कैलाली गोदावरी नगरपालिका–१० की २४ वर्षीया पवित्रा चौधरी, बर्दिया गुलरिया नगरपालिका–४ की २३ वर्षीया अनिसा भण्डारी, बाँके कोहलपुर नगरपालिका–३ की २३ वर्षीया सरस्वती मल्ल, २८ वर्षीया कविता वली, बाँके खजुरा गाउँपालिका–४ का ३५ वर्षीय सोमसिंह सुनार, मुगु कर्मारोङ गाउँपालिका–१ की २२ वर्षीया कोल्सुङ निमा, अछाम तुर्माखाँद गाउँपालिका–७ का २५ वर्षीय गणेश चलाउने, बागमती नगरपालिका–५ की ३६ वर्षीया सरु रावत क्षत्री, १६ वर्षीया प्रविसा रावत, सिन्धुलीकी २२ वर्षीया निर्मला घिसिङ (हाल काभ्रे पनौती) र काभ्रेका १७ वर्षीय कोनिकेश लो रहेका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १० : ४७ बजे

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात/वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज । बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको

नागरिक आवास कार्यक्रमका लागि रकम कटौति

भोजपुर । सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले

सुदूर पहाडमा हिमपात

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको