१४ भदौ २०८३, आइतबार | August 30, 2026

तिहार लगत्तै रास्वपा सदभाव यात्रामा निस्कने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर सदभाव यात्रा गर्ने भएको छ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले सदभाव यात्रा गर्न लागेको हो ।

तिहार लगत्तै हिमाल, पहाड र तराईमा तीन चरणमा सदभाव यात्रामा निस्कने गरी कार्यक्रम तय भएको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।

झाका अनुसार आज बस्ने सचिवालय बैठकमा सदभाव यात्राको कार्यबिधिका बिषयमा छलफल हुनेछ । बैठकबाट तीन चरणमा सदभाव यात्रा गर्ने गरी मिति तय गरिने उनले बताए ।

राज्य र समाजलाई जोड्नु सदभाव यात्राको उद्देश्य रहेको उल्लेख गर्दै प्रवक्ता झाले मानिसहरूलाई एकअर्कोप्रति विश्वास आर्जन हुने वातावरण बनाउन र एक अर्कोप्रति सद्भाव कायम गर्ने अवस्था सिर्जना गर्न सदभाव यात्रा सफल हुने बिश्वास ब्यक्त गरे ।

समाज र राज्य दुवैलाई सन्तुलनमा लैजान खोजिएको उनले बताए । झाका अनुसार सद्भाव यात्राका क्रममा रास्वपाका नेता÷कार्यकर्ताहरू समाजमा जाने,, मान्छेहरूसँग भेट्ने, चिया चौतारीरक्लवमा पुगेर कुराकानी गर्नेछन् ।

जेनजीले उठाएका विषय सदनमा आफूहरूले उठाएको तर, संख्याको कारणले धेरै गर्न नसकेको पनि सदभाव यात्राका क्रममा जनतालाई बुझाईने उनले जानकारी दिए ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ११ : ४१ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ