१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

तिहार लगत्तै रास्वपा सदभाव यात्रामा निस्कने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर सदभाव यात्रा गर्ने भएको छ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले सदभाव यात्रा गर्न लागेको हो ।

तिहार लगत्तै हिमाल, पहाड र तराईमा तीन चरणमा सदभाव यात्रामा निस्कने गरी कार्यक्रम तय भएको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।

झाका अनुसार आज बस्ने सचिवालय बैठकमा सदभाव यात्राको कार्यबिधिका बिषयमा छलफल हुनेछ । बैठकबाट तीन चरणमा सदभाव यात्रा गर्ने गरी मिति तय गरिने उनले बताए ।

राज्य र समाजलाई जोड्नु सदभाव यात्राको उद्देश्य रहेको उल्लेख गर्दै प्रवक्ता झाले मानिसहरूलाई एकअर्कोप्रति विश्वास आर्जन हुने वातावरण बनाउन र एक अर्कोप्रति सद्भाव कायम गर्ने अवस्था सिर्जना गर्न सदभाव यात्रा सफल हुने बिश्वास ब्यक्त गरे ।

समाज र राज्य दुवैलाई सन्तुलनमा लैजान खोजिएको उनले बताए । झाका अनुसार सद्भाव यात्राका क्रममा रास्वपाका नेता÷कार्यकर्ताहरू समाजमा जाने,, मान्छेहरूसँग भेट्ने, चिया चौतारीरक्लवमा पुगेर कुराकानी गर्नेछन् ।

जेनजीले उठाएका विषय सदनमा आफूहरूले उठाएको तर, संख्याको कारणले धेरै गर्न नसकेको पनि सदभाव यात्राका क्रममा जनतालाई बुझाईने उनले जानकारी दिए ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ११ : ४१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा