१ कार्तिक २०८३, शनिबार | October 17, 2026

कांग्रेस नेता सिटौला उभिए सभापति देउवाको प्रतिरक्षामा



काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पार्टी सभापति शेरबहादुर देउवाको पक्षमा उभिउका छन् । कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा नेता सिटौलाले सभापति देउवाको विकल्प खोज्नुपर्ने अवस्था नरहेको बताउँदै देउवाको प्रतिरक्षा गरेका हुन् ।

देउवालाई बिदा गर्दै पार्टी पुनर्गठनको माग गर्दै हस्ताक्षर संकलन भइरहेका बेला नेता सिटौलाले देउवाको प्रतिरक्षा गरेका हुन् । बैठकमा बोल्ने क्रममा सिटौलाले अहिले सभापति देउवाको विकल्प खोज्नु बेठीक हुने बताए ।

सिटौलाको बोली उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘अहिले नै सभापतिको विकल्प खोज्ने बेला भएको हो त ? विकल्प खोज्नु पर्ने अवस्था अहिले म देख्दिन ।’

सिटौलाले अस्तिसम्म शेरबहादुर देउवा ठीक अहिले बेठीक कसरी हुन्छ ? भन्दै नेताहरुलाई प्रन गरेका थिए ।

सिटौला संसद्‌ पुनर्स्थापनाको पक्षमा देखिएका देखिँदै आएका छन् । बैठकमा भने उनले त्यस विषयमा संसद पुनर्स्थापनामा जोड नदिएको सहभागी नेताले जानकारी गराए ।

बैठकमा पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले पनि सभापतिको पक्षमा उभिँदै आफ्नो धारणा राखेका थिए।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ५ : १७ बजे

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ

आजको मौसम : आज हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका हिमाली तथा पहाडी

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

कर्णाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपालले क्यानडासँग खेल्दै, शीर्ष ६ मा स्थान सुरक्षित गर्ने अवसर

काठमाडौं । ओमानमा जारी आइसिसी विश्वकप लिग-२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत