२ चैत्र २०८२, सोमबार | March 16, 2026

जसपाका केन्द्रीय सदस्य देवबहादुर दूरा र दीपक दोर्जी लामा माओवादी केन्द्रमा प्रवेश



काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्यहरू देवबहादुर दूरा र दीपक दोर्जी लामा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

दुवै नेताहरूलाई आज माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरे ।

नेतृत्व तहका यी दुई व्यक्तित्वको आगमनलाई माओवादी केन्द्रले जेनजी आन्दोलन पछि माओवादी केन्द्रप्रति जनताको भरोसा थप बढेको, आगामी निर्वाचन र पार्टी सुदृढीकरणको दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

प्रचण्डले वर्तमान राजनीतिक परिदृश्यमा वाम एकता र परिवर्तनकारी एजेन्डाका लागि सबै प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै, नेताहरूलाई पार्टीको सिद्धान्त र कार्यक्रमअनुसार अघि बढ्न आह्वान गरे।

दूरा र लामाले पनि माओवादी आन्दोलन र संकटको नेतृत्व प्रचण्डबाट मात्रै सम्भव भएको भन्दै जनताको पक्षमा संघर्षरत रहने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १० : ३५ बजे

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

म्याग्दी । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ का रामलाल चालिसे प्राकृतिक उपचारका