१५ माघ २०८२, बिहिबार | January 29, 2026

जसपाका केन्द्रीय सदस्य देवबहादुर दूरा र दीपक दोर्जी लामा माओवादी केन्द्रमा प्रवेश



काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्यहरू देवबहादुर दूरा र दीपक दोर्जी लामा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

दुवै नेताहरूलाई आज माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरे ।

नेतृत्व तहका यी दुई व्यक्तित्वको आगमनलाई माओवादी केन्द्रले जेनजी आन्दोलन पछि माओवादी केन्द्रप्रति जनताको भरोसा थप बढेको, आगामी निर्वाचन र पार्टी सुदृढीकरणको दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

प्रचण्डले वर्तमान राजनीतिक परिदृश्यमा वाम एकता र परिवर्तनकारी एजेन्डाका लागि सबै प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै, नेताहरूलाई पार्टीको सिद्धान्त र कार्यक्रमअनुसार अघि बढ्न आह्वान गरे।

दूरा र लामाले पनि माओवादी आन्दोलन र संकटको नेतृत्व प्रचण्डबाट मात्रै सम्भव भएको भन्दै जनताको पक्षमा संघर्षरत रहने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १० : ३५ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला