१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

कैलालीमा आपसी विवादपछि युवकको विभत्स हत्या, दुई अभियुक्तले गरे आत्मसमर्पण



धनगढी । कैलालीको घोडाघोडी नगरपालिका-८ मा आपसी विवादका क्रममा एक युवकको विभत्स हत्या भएको छ । शुक्रबार राति खाजा खाने क्रममा विवाद भएपछि २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार सुर्खेतको चौकुने गाउँपालिका-३ घर भएका बुढाको हत्यामा संलग्न दुई जना युवकले घटनापछि राति नै प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री धारिलो हतियारले रेटिएको टाउको बोकेर इलाका प्रहरी कार्यालय सुखड पुगेका थिए । प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

घटनापूर्व मृतक र अभियुक्तहरू स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए । सोही क्रममा विवाद भएपछि उनीहरूले धारिलो हतियार प्रयोग गरी बुढाको घाँटी रेटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सुर्खेतबाट मृतकका आफन्तहरू घटनास्थलतर्फ आउँदै छन् भने हाल शव घटनास्थलमै रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ८ : १९ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो