धनगढी । डोटीको जरायलमा भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
अछामबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-०१ ख ३९५६ नम्बरको इभी गाडी भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका-२ मा दुर्घटनाग्रस्त भएको हो।
मृत्यु हुनेमा अछामको मंगलसेन नगरपालिका निवासी २२ वर्षीया हरिना परियार छिन् । उनको घटनास्थलमै मृत्यु भएको हो। घाइतेमध्ये ६ जना बालबालिका रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबैलाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ।



















प्रतिक्रिया