काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया र इस्ट-एसिया प्यासिफिक क्षेत्रीय छनोटको सुपर सिक्स चरणमा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’को विजेता बनेको नेपालले समूह ‘ए’को विजेता यूएईसँगको भेट पक्का गरेको हो ।
शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि पाँच विकेटको जित निकाल्दै समूह विजेताको रूपमा सुपर सिक्समा स्थान बनाएको थियो ।
समूह चरणमा नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । अब सुपर सिक्सको पहिलो खेलमा नेपाल र यूएई आज दिउँसो ४ः१५ बजे ओमानको अल अमेरतमा आमनेसामने हुनेछन् ।
सुपर सिक्समा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग पनि प्रतिस्पर्धा गर्नेछ । सोमबार नेपालले कतारसँग, बुधबार ओमानसँग र शुक्रबार (असोज ३१ गते) सामाओसँग अन्तिम खेल खेल्ने कार्यक्रम रहेको छ ।
सुपर सिक्समा रहेका नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष तीन टोलीले २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपमा स्थान बनाउनेछन् ।


















प्रतिक्रिया