१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

बिपी राजमार्ग : ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो



काभ्रे । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ‘ट्र्याक’ खोलेर सवारी सञ्चालन गरेसँगै थप मर्मत गर्न थालिएको छ । बाढीले एक साता अवरुद्ध गराएको उक्त राजमार्ग औपचारिक रुपमा शनिबार बिहानदेखि खुलाइएको थियो ।

बाढीले क्षतिग्रस्त भएका स्थानमा ‘डाइभर्सन बनाएर सञ्चालनमा ल्याइए पनि साँघुरो तथा अप्ठ्यारो सडकमा मर्मत गरिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । हालको मर्मत कार्यले तिहारमा राजमार्गमा यात्रा सहज हुने कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताए । उनका अनुसार तीन वटा मेसिनले मर्मत गरिरहेको छ भने अन्य ‘स्टेशन’मा मेसिनलाई ‘स्ट्याण्डबाई’ राखिएको छ । कार्यालय पाँच दिन लगातार बाढीले कटान गरेको तथा बगर बनेको सडक बनाउन खटेको थियो ।

राजमर्गाको क्षतिग्रस्त १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग शनिबारदेखि खुलाइएको हो । शनिबारदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा कामलाई निरन्तरता दिइएपछि राजमार्ग पूर्ण रुपमा खुलाउन सम्भव भएको कार्यालयले जनाएको छ । शुक्रबार साँझसम्ममा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्र्याक’ खोली सकेर परीक्षण गरिएको थियो ।

योगेशले राजमार्गको चौकीडाँडा, कटुन्जे-घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी तथा पिप्लेको चार स्थानलगायत माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी पूर्ण रुपमा यातायात सञ्चालन गरिएको बताए। राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भएको हो । कार्यालयले उक्त क्षेत्रमा सवारी साधन चलाउँदा चालक तथा यात्रुलाई विशेष सावधानी अपनाउनसमेत अपिल गरिरहेको छ ।

कार्यालयले उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी शुक्रबार अपराह्नमा ट्र्याक खुलाएको थियो । रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो । सोही क्षेत्रमा गत साल असोजको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो ।

पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  २ : २७ बजे

दानव नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा

प्रधानाध्यापकले छात्रवृत्ति रकम हिनामिना गरेपछि….

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : स्वास्थ्य बीमा बोर्ड

काठमाडौं । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा