१७ माघ २०८२, शनिबार | January 31, 2026

गृहमन्त्रालयबाट कारागारबाट भागेका ५ हजार ५४७ कैदीबन्दीको नाम सार्वजनिक (सूचीसहित)



काठमाडौं । २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलन पछिको ध्वंसका क्रममा विभिन्न कारागारबाट भागेका ५ हजार ५४७ कैदीबन्दीको नामावली कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको छ ।

फरार भएका कैदीबन्दी मध्य हालसम्म ९,००८ जना कैदीबन्दी कारागारमा फर्किसकेका छन् । गृह मन्त्रालय (मन्त्रीस्तर) को आजको निर्णय अनुसार फरार कैदीबन्दीहरूको विवरण सार्वजनिक भएको हो । शीघ्र नियन्त्रणमा लिन सहजताका लागि यो कदम चालिएको मनत्रालयले जनाएको छ ।

यसअघि नै मन्त्रालयले फरार बन्दीहरूलाई खोजी, नियन्त्रण र पक्राउ गर्न जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिसकेको छ ।

विभागले फरार कैदीबन्दीहरूको नामावलीसहितको विवरण निर्वाचन आयोग, सुरक्षा निकाय, अध्यागमन, भूमि व्यवस्थापन, यातायात व्यवस्थापन, राहदानी, वैदेशिक रोजगार, श्रम र नापी विभाग लगायतका सेवाग्राहीको भीड हुने निकायहरू तथा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा पठाउने निर्णय पनि गरेको छ ।

फरार रहेका कैदीबन्दीको विवरण कारागार व्यवस्थापन विभाग र सबै जिल्ला प्रशासन कार्यालयहरूको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ । सेवाप्रवाह गर्ने निकायहरूले फरार बन्दी सेवा लिन आएमा तत्काल कार्यदल र सुरक्षा निकायलाई खबर गरी पक्राउ गर्न सहयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : २६ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक