२८ कार्तिक २०८२, शुक्रबार | November 15, 2025

राजनीतिक दल र व्यक्तिगत सम्पत्तिको क्षति विवरण पठाउन जाँचबुझ आयोगको अनुरोध



काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले ‘जेनजी’ प्रदर्शनका क्रममा राजनीतिक दल, सङ्घसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन अनुरोध गरेको छ ।

आयोगले आज विज्ञप्ति जारी गर्दै प्रदर्शनमा काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा राजनीतिक दल, सङ्घसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण आयोगले तोकेको ढाँचामा पठाउन अनुरोध गरेको हो ।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनालाई पुष्टि गर्ने श्रव्यदृश्य, फोटो र कागजातहरू जस्ता प्रमाण भए सो समेत उपलब्ध गराउन अनुरोध गरिएको छ । क्षतिको विवरण आयोगको इमेल र हुलाकमार्फत पनि पठाउन सकिने जनाइएको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम आयोग गठन भई यही असोज ९ गतेदेखि कार्य प्रारम्भ भइसकेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : ३५ बजे

स्वदेश फर्किए देउवा दम्पती

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती सिंगापुरबाट काठमाडौँ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या, मकवानपुरमा गोली हानी पुजारीको हत्या

धनुषा । मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको

मतदाता नामावली दर्ता गर्ने म्याद मंसिर ५ गतेसम्मका लागि थपियो

काठमाडौं । मतदाता नामावली दर्ता गर्नेहरुको भीड दिनप्रतिदिन बढ्न थालेपछि

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै