२० मंसिर २०८२, शनिबार | December 6, 2025

भेप सुन तस्करी प्रकरण : पूर्वसभामुख महरामाथि आज थुनछेक बहस



काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरामाथि आज थुनछेक बहस हुँदैछ । काठमाडौं जिल्ला अदालतमा हुने बहसपछि अदालतले उनलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने निर्णय गर्नेछ ।

भेप सुन तस्करी प्रकरणमा महराविरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो ।

सीआईबीले आइतबार महरालाई पक्राउ गरेको थियो । महराविरुद्ध भन्सार छली र संगठित अपराधमा संलग्न भएको आरोपसहित मुद्दा दायर गरिएको छ ।

अदालतमा दायर मुद्दामा आठ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो मागदाबी गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ७ : ३९ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले