३ आश्विन २०८३, शनिबार | September 19, 2026

झापामा सयपत्री फूलको माग बढ्यो



झापा । फूलहरूको पर्वका रूपमा रहेको नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालको छ । तिहारमा लक्ष्मी पुज्न, घर सजाउन र दाजुभाइलाई लगाउनका साथै जिल्लामा हुने हरेक कार्यक्रममा अतिथिलाई सयपत्री फूलको माला लागाइदिने प्रचलन सुरु भएसँगै माग बढेको हो ।

विर्तामोड नगरपालिका-७ का फूल किसान विवेक साहले तिहारका लागि दैनिकजसो माग गर्नेको सङ्ख्या बढिरहेको बताए । उनले भिनाजु दीपक साहसँगको समन्वयमा दुई बिघा जमिन भाडामा लिएर फूलको व्यावसायिक खेती गर्दै आएका छन । सयपत्री फूलको ८० हजार बिरुवा रोपेका साहले हाल दैनिक ३०० माला बिक्री गर्दै आएको बताए । उनले फूल टिप्ने र माला बनाउने काममा स्थानीयलाई रोजगारी प्रदान गरेका छन ।

“तिहारका लागि धमाधम माग आइरहेका छन्”, साहले भने, “गत हप्ता आएको अविरल वर्षाले करिब १० हजार माला हुने फूल नष्ट ग¥यो । मागअनुसार पु¥याउन सक्छु कि सक्दिन चिन्ता थपिएको छ ।” उनको ढकमक्क फूलेको फूल टिप्न नपाउँदै पानीले नष्ट गरिदिएको थियो ।

उनले हाल दैनिक दुईदेखि ३०० माला बिक्रीका लागि विर्तामोड, दमक र विराटनगरका व्यापारीलाई पढाउँदै आएको बताए । उनको फूलबारीमा टिकटक बनाउने र भिडियो खिच्ने स्थानीयवासीको भीड लाग्ने गरेको छ ।

साहले प्रतिमाला रु ५० का दरले बिक्री गर्दै आएको जानकारी दिए । हालसम्मको मूल्य रु ५० भए तोकिए पनि तिहारमा अवस्था हरेर मूल्य कायम गरिने उनको भनाइ छ । “हेर्दै रहर लाग्ने गरी फूल फुलेको छ”, उनले भने, “बाढीले क्षति गरे पनि लगानी उठाउन सक्छु कि भन्ने आँट छ ।”

उनका अनुसार एकपटक लगाएको सयपत्री फूल तीन पटकसम्म टिप्न मिल्छ । उनले एकपटकको टिपाइबाट २० हजार बढी माला हुने बताए । उनले तिहारमा एक लाख माला हुने फूल उत्पादन गरेर बिक्री गर्ने लक्ष्य राखेको भन्दै पानीका कारण लक्ष्य पूरा नहुनेमा चिन्ता व्यक्त गरे ।

पहिलोपटक फूलखेती गरेका साहले भने, “फूल फलाउनु मात्र पर्दोरहेछ, ग्राहकको अभाव नहुने रहेछ । यसपटकबाट पाठ सिकेर आगामी दिनमा अझ व्यवस्थित गरेर थप खेती बढाउँछौँ ।”

यसैगरी, विर्तामोड नगरपालिका-९ मा सुष्मा पौडेलले पनि सात कठ्ठा जमिनमा सयपत्री फूलको खेती गरेका छन । उनले केही फूल दसैँमा बिक्री गरिसकेको बताए । उनको बारीमा ढकमक्क फूलको सयपत्रीमा पनि पानीका कारण क्षति पुगेको छ ।

“तिहारका लागि साचेर राखेको करिब रु दुई लाख ५० हजारको फूल पानीका कारण नष्ट भयो”, पौडेलले भने, “धेरै माग आएको थियो अब पु¥याउन सक्ने स्थिति छैन ।” उनले पछिल्लो समय हरेक कार्यक्रममा खादाको सट्टा सयपत्री फूलको मालाको प्रयोग बढेसँगै माग बढेको बताए ।

उनले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आएका छन । जिल्लाको विर्तामोड, बाहुनडाँगी, गौरादहलगायत स्थानमा सयपत्री फूलको व्यावसायिक खेती हुन थालेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ८ : ०१ बजे

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

पत्रकार टेकराज थामी वेपत्ता भएकोमा पाकिस्तानी राजदूत खानद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले भोटेकोशी