२० मंसिर २०८२, शनिबार | December 6, 2025

तिहार-छठमा प्लाष्टिकका फूल बिक्री, वितरण र प्रयोग नगर्न बुटवल उपमहानगरको आग्रह



बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालीहरूको महान चाड तिहार तथा छठ पर्वको अवसरमा नगर क्षेत्रमा प्लाष्टिकका फूलहरू बिक्री, वितरण र प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको छ ।

उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले हस्ताक्षर गरी जारी गरिएको सूचनामा भनिएको छ- “धार्मिक एवम् सांस्कृतिक पर्वको मौलिकता जोगाउन, वातावरणीय प्रदूषण नियन्त्रण गर्न र स्थानीय उत्पादनलाई प्रोत्साहन दिन सबैले स्वदेशी फूल तथा मालाको प्रयोग गर्नुपर्छ ।”

विज्ञप्तिमा भनिएको छ कि प्लाष्टिकका फूल माटोमा कुहिन नसक्ने भएकाले वातावरणमा दीर्घकालीन असर पुर्‍याउँछन् र यसले सहरको सौन्दर्यमा समेत नकारात्मक प्रभाव पार्छ । त्यसैले नगरवासीहरूले तीहार र छठजस्ता पर्वमा कृत्रिम फूलको सट्टा प्राकृतिक फूलको प्रयोग गरेर स्थानीय कृषक र उद्यमीलाई समेत सहयोग पुर्‍याउने अपेक्षा नगरपालिकाले गरेको छ ।

नगर प्रमुख पाण्डेयका अनुसार उपमहानगरपालिकाले वातावरणीय स्वच्छता र हरियाली प्रवर्द्धनलाई दीर्घकालीन लक्ष्यका रूपमा अघि सारेको छ । उनले भने, “हामीले वातावरण संरक्षण, स्थानीय उत्पादकको समर्थन र मौलिक संस्कृतिको जगेर्नालाई प्राथमिकता दिएका छौँ, त्यसैले सबै नगरवासीले यस अभियानमा साथ दिनु आवश्यक छ।”

उपमहानगरपालिकाले यस वर्षको तीहार र छठ पर्वलाई स्वच्छ, हरित र स्थानीय उत्पादनमा आधारित बनाउने लक्ष्यसहित ‘प्लाष्टिक फ्री बुटवल’ अभियानलाई सशक्त रूपमा अघि बढाइरहेको पनि जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १० : २८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले