६ माघ २०८२, मंगलबार | January 21, 2026

देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिए



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई मंगलबारदेखि लागू हुने गरी कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य कारणले केही समयका लागि पार्टीको नेतृत्व खड्कालाई सुम्पिएको जानकारी दिएका हुन् ।

जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी टाउकोमा १२ टाँका लगाएर उपचार गराइरहेका देउवाले थप उपचारका लागि सिंगापुर जाने तयारी गरेको पनि बताएका छन् । उनले भने, “मेरो स्वास्थ्यका कारण म पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रूपमा काम गर्ने गरी तोकेको छु । उहाँले पार्टीको वृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।”

देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक रूपमा देखिएका हुन् । उनले बैठकमा सम्बोधन गर्दै आफ्नो स्वास्थ्य अवस्था, पार्टीको आन्तरिक सुदृढीकरण र आगामी राजनीतिक योजनाबारे विस्तृत धारणा राखे ।

उनले देशमा उत्पन्न राजनीतिक अस्थिरता, असंवैधानिक गतिविधि र चुनावी तयारीबारे पनि टिप्पणी गर्दै भने, “अहिले स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन हुने ग्यारेन्टी छैन । शान्ति, सुरक्षा र भयरहित वातावरण निर्माण गर्नु सरकारको जिम्मेवारी हो ।”

पूर्वप्रधानमन्त्री देउवाले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले राजनीतिक दलहरूसँग सहकार्य गर्न नचाहेको देखिएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा दलबीचको संवाद र सहकार्य अनिवार्य रहेको बताए । उनले थपे, “देशमा अब द्वन्द्व आवश्यक छैन, हामीले एकताबद्ध भएर बहुदलीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणतर्फ अघि बढ्नुपर्छ ।”

देउवाको स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थानसँगै कांग्रेसको दैनिक कार्य सञ्चालन र आगामी गतिविधि अब कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा अघि बढ्ने भएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ३ : ०६ बजे

बुधबार (भोलि) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि मंगलबार उम्मेदवारी

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र सबैभन्दा कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

बाँकेमा ६० जनाको उम्मेदवारी दर्ता, नेकपाका १ जनासहित २ जनाको दर्ता पेण्डिङमा (सूचीसहित)

नेपालगन्ज । ३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेका तीनवटा क्षेत्रमा

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

काठमाडौं । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बन्यो : कावा प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका