७ पुस २०८२, सोमबार | December 23, 2025

विपिनप्रति श्रद्धान्जली दिँदै प्रचण्डले भने – आफन्तको मृत्युको पीडा नजिकबाट बुझेको छु



काठमाडौं । नेकपा (माओवादी केन्द्रका) संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्युमा गहिरो दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रचण्डले डीएनए परीक्षणपछि जोशीकै शव पहिचान भएको दुःखद् समाचारले आफू अत्यन्त मर्माहित भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, “हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव डीएनए परीक्षणमार्फत उहाँकै भएको दुःखद् समाचारले म अत्यन्त मर्माहित भएको छु।”

प्रचण्डले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद पनि उनलाई जीवित फर्काउन नसकिएकोमा गहिरो पीडा भएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, “विपिनको अपहरणपश्चात उहाँको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उहाँलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय हो।”

यस दुःखद् घडीमा विपिनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै अध्यक्ष प्रचण्डले आफन्तको मृत्युको पीडा आफूले नजिकबाट बुझेको भन्दै धैर्यधारण गर्न आग्रह गरेका छन्।

उनका शब्दमा, “मैले आफन्तहरुको मृत्युको पीडा अत्यन्तै नजिकबाट आत्मबोध गरेको छु। यो पीडादायी क्षणमा धैर्यधारण गर्दै अघि बढन अनुरोध गर्दछु।”

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ५ : २६ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत