१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

विपिनप्रति श्रद्धान्जली दिँदै प्रचण्डले भने – आफन्तको मृत्युको पीडा नजिकबाट बुझेको छु



काठमाडौं । नेकपा (माओवादी केन्द्रका) संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्युमा गहिरो दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रचण्डले डीएनए परीक्षणपछि जोशीकै शव पहिचान भएको दुःखद् समाचारले आफू अत्यन्त मर्माहित भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, “हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव डीएनए परीक्षणमार्फत उहाँकै भएको दुःखद् समाचारले म अत्यन्त मर्माहित भएको छु।”

प्रचण्डले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद पनि उनलाई जीवित फर्काउन नसकिएकोमा गहिरो पीडा भएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, “विपिनको अपहरणपश्चात उहाँको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उहाँलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय हो।”

यस दुःखद् घडीमा विपिनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै अध्यक्ष प्रचण्डले आफन्तको मृत्युको पीडा आफूले नजिकबाट बुझेको भन्दै धैर्यधारण गर्न आग्रह गरेका छन्।

उनका शब्दमा, “मैले आफन्तहरुको मृत्युको पीडा अत्यन्तै नजिकबाट आत्मबोध गरेको छु। यो पीडादायी क्षणमा धैर्यधारण गर्दै अघि बढन अनुरोध गर्दछु।”

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ५ : २६ बजे

यस्तो छ नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय