३ आश्विन २०८३, शनिबार | September 19, 2026

काठमाडौं आइपुग्यो विपिन जोशीको शव



काठमाडौं । इजरायलमा मारिएका कञ्चनपुरका युवा विपिन जोशीको शव काठमाडौं ल्याइएको छ ।

फ्लाई दुबईको विमानमार्फत उनको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।

विपिनलाई श्रद्धान्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थलमा उपस्थित भएकाछन् ।

उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकामा रहेको उनको घरमा लगिने भएको छ । त्यसपछि उनको अन्तिम दाह संस्कार गरिने ।

अध्ययनका लागि इजरायल पुगेका विपिन जोशीलाई गत वर्ष अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाएको थियो । लामो समयसम्म उनको अवस्था अज्ञात रहँदा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाटको क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षण र फरेन्सिक जाँचबाट उक्त शव विपिनकै भएको प्रमाणित भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

विपिनको शव नेपाल पठाउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ स्मारक र बेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक श्रद्धाञ्जली अर्पण गरिएको थियो । श्रद्धाञ्जलीका क्रममा उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको थियो ।

 

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ३ : २५ बजे

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२

सहिदको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र