काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको थुनछेक बहस आज काठमाडौं जिल्ला अदालतमा हुने भएको छ । मंगलबार बयान सकिएपछि आज उनलाई थुनामा राख्ने वा साधारण तारेखमा छोड्ने भन्ने विषयमा अदालतले सुनुवाइ गर्ने तयारी गरेको हो ।
भेप सुन तस्करी प्रकरणमा संलग्नता रहेको आरोपमा महराविरुद्ध सोमबार जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा दर्ता गरिएको हो ।
सीआईबीले महरालाई आइतबार काठमाडौंबाट पक्राउ गरेको थियो । उनलाई भन्सार छली र संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।
आजको थुनछेक बहसपछि अदालतले महरालाई थुनामा पठाउने वा तारेखमा रिहा गर्ने निर्णय लिने अपेक्षा गरिएको छ ।


















प्रतिक्रिया