२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

मधेशमा कांग्रेस संसदीय दलका नेता यादवको पनि मुख्यमन्त्रीमा दाबी

जनमतका सांसदहरुको दुबै तर्फ हस्ताक्षर !



जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि दाबी पेस गरेका छन् । ५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि यादवले दाबी पेस गरेका हुन् ।

नेपाली कांग्रेसका २२, नेकपा एमालेका २८ र जनमतका १३ सांसदको हस्ताक्षरसहित यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

यसअघि लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जमतसहित ६ दलले ५७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्षा दावी पेस गरिसकेका छन् ।

यादवको दाबी पेस गर्न यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादवसहितका नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।

कांग्रेस संसदीय दलका नेता यादव आफूले जनमतसहित तीनदलबाट ५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तका लागि दाबी पेस गरेको बताए ।

कांग्रेस नेता यादवले जनमत पार्टीको समर्थन आफुलाई रहेको दाबी गरेपनि लोसपा नेता सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जनमत संसदीय दलका नेता महेशप्रसाद यादवसमेत प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । जनमत संसदीय दलका नेता यादवले आफूले एमाले(कांग्रेसलाई अर्को गठबन्धनबाट सरकारमा सहभागिता बारे जानकारी गराइसकेको दाबी गरे ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  २ : ४४ बजे

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३