१३ भदौ २०८३, शनिबार | August 30, 2026

जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड



धादिङ । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताए ।

संयोजक प्रचण्डले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै संकटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको बताए। ‘हाम्रो पार्टी नै जेनजी आन्दोलन सुरु हुनुभन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो’, उनले भने, जेनजी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ।’

सरकारमा बस्दा जेनजीहरूलाई दमन गर्ने र जेन्जीमा माग र ऐण्डालाई समर्थन गर्दै आइरहेको पार्टी एउटै नभएको बताउँदै उनले भने, ‘सरकारमा बसेर जेन्जीहरुलाई दमन गर्ने र सडकमा जेन्जीका मागलाई सम्बोधन गर्नुपर्छ भन्ने पार्टी सबै एउटै हुन भनेर एकथरि मानिसहरुले प्रचार गर्ने गरेका छन् । हामी उनीहरु जस्तै होइनौं । माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेन्जीहरुको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो ।’

निर्वाचन नहुने हो कि नहुने भन्ने आशंका होइन निवार्चन गराउने गरी भुमिका खेल्न आग्रह गर्दै उनले भने, ‘निर्वाचन हुँदैन कि भनेर द्वुविधामा बस्नु हुँदैन। निर्वाचन घोषणा गरिसकेको छ, अब हाम्रो पार्टी त्यसका लागि तयारीमा लाग्नुपर्छ।’

पाँच वटा पार्टीसँग चाँडै एकता प्रक्रिया अघि बढ्ने संकेत पनि दिंदै प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकबाट जेनजीका माग अनुसार नै नेतृत्व तहमा युवाहरूलाई ल्याउने नीतिगत निर्णय भइसकेको उल्लेख गरे । पार्टीलाई समयअनुसार पुनर्संरचना गर्दै लैजाने प्रतिबद्धता समेत जनाए ।

 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ३ : ३८ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ