२१ भदौ २०८३, आइतबार | September 6, 2026

लुम्बिनीमा छात्रवृत्ति करारका सरकारी चिकित्सकलाई मन्त्रालयको कडा निर्देशन



बुटवल । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले छात्रवृत्ति प्राप्त सरकारी चिकित्सकहरुले निजी क्लिनिकमा जान थालेपछि कडाई गरेको छ । मन्त्रालयले बुधबार आफू मातहतका सरकारी अस्पतालहरुलाई परिपत्र गर्दै ‘सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२’ कडाइकासाथ पालना गर्न निर्देशन गरेको हो ।

उक्त कार्यविधि अनुसार नियुक्र भएका विशेषज्ञ चिकित्सकहरुले सेवा अवधिभर निजीरुपमा चिकित्सकीय सेवा प्रदान गर्न नहुने प्रावधान रहेको र उक्त नियमको उल्लंघन गरेमा लाइसेन्स निलम्बन गरिने मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सरकारको कार्यविधि विपरित चिकित्सकहरुले निजी क्लिनिकमा समय दिने गरेको गुनासो बढेपछि यसलाई कडाइकासाथ पालना गर्न निर्देशन जारी गरिएको उल्लेख गरे ।

यदी कुनै पनि सरकारी चिकित्सकले उक्त नियमको परिपालना नगरेको अवस्थामा मन्त्रालयले निर्ममतासाथ कानूनी कारबाहीमा अघि बढ्ने चेतावनी दिए ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : २७ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका