बुटवल । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले छात्रवृत्ति प्राप्त सरकारी चिकित्सकहरुले निजी क्लिनिकमा जान थालेपछि कडाई गरेको छ । मन्त्रालयले बुधबार आफू मातहतका सरकारी अस्पतालहरुलाई परिपत्र गर्दै ‘सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२’ कडाइकासाथ पालना गर्न निर्देशन गरेको हो ।
उक्त कार्यविधि अनुसार नियुक्र भएका विशेषज्ञ चिकित्सकहरुले सेवा अवधिभर निजीरुपमा चिकित्सकीय सेवा प्रदान गर्न नहुने प्रावधान रहेको र उक्त नियमको उल्लंघन गरेमा लाइसेन्स निलम्बन गरिने मन्त्रालयले जनाएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सरकारको कार्यविधि विपरित चिकित्सकहरुले निजी क्लिनिकमा समय दिने गरेको गुनासो बढेपछि यसलाई कडाइकासाथ पालना गर्न निर्देशन जारी गरिएको उल्लेख गरे ।
यदी कुनै पनि सरकारी चिकित्सकले उक्त नियमको परिपालना नगरेको अवस्थामा मन्त्रालयले निर्ममतासाथ कानूनी कारबाहीमा अघि बढ्ने चेतावनी दिए ।


















प्रतिक्रिया