२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

कुशल भुर्तेलको अर्धशतकमा नेपालले ओमानलाई दियो १५२ रनको लक्ष्य



काठमाडौं । ओपनर कुशल भुर्तेलको अर्धशतकको बलमा नेपालले आईसीसी टी-२० विश्वकप एसिया-प्यासिफिक क्षेत्रीय फाइनल सुपर-६ अन्तर्गतको तेस्रो खेलमा घरेलु टोली ओमानविरुद्ध १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार ओमानको अल अमेरातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल खडा गरेको हो ।

नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ६९ रनको योगदान दिए । उनले ५१ बलमा सात चौका र एक छक्कासहित उत्कृष्ट ब्याटिङ गरे । यो भुर्तेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट करिअरको १३औँ र यस प्रतियोगिताको दोस्रो अर्धशतक हो ।

सह-ओपनर आसिफ सेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रन जोडे । यी दुईले पहिलो विकेटका लागि ७.३ ओभरमा ६१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाए। तर, मध्यक्रम र तल्लोक्रमका ब्याटरहरू चल्न नसक्दा टोली ठूलो योगफलसम्म पुग्न सकेन ।

गुल्सन झाले नौ बलमा दुई छक्कासहित १८ रन बनाए भने मोहम्मद आदील आलमले १५ बलमा तीन चौका प्रहार गर्दै १६ रन जोडे ।

ओमानका नदीम खानले शानदार बलिङ गर्दै चार ओभरमा २० रन खर्चिएर चार विकेट लिए। सुफयान मेहमुद र जितेन रमानन्दीले समान दुई-दुई विकेट लिए ।

नेपालले यसअघि सुपर-६ चरणका दुई खेल अगावै आगामी वर्ष हुने टी-२० विश्वकपका लागि योग्यता प्राप्त गरिसकेको छ । समग्रमा नेपाल तेस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि नेपालले सन् २०१४ र २०२४ मा टी-२० विश्वकपमा सहभागिता जनाएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १० : २६ बजे

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले

पाकिस्तानी दूतावासले मनायो ८०औँ स्वतन्त्रता दिवस, नेपालसँग सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्राडा विवेक बराल नियुक्त

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा