काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग आगामी निर्वाचन तयारीका विषयमा छलफल गर्ने भएको छ । आयोगले बिहान साढे ११ बजे सबै राजनीतिक दलहरूलाई आयोगको कार्यालयमा बोलाएको हो ।
छलफलमा आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी, कार्यतालिका कार्यान्वयन र निर्वाचन प्रक्रिया सहज बनाउन आवश्यक समन्वयका विषयमा कुराकानी हुने आयोगले जनाएको छ ।
सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । सोअनुसार आयोगले निर्वाचनको विस्तृत कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।
आजको छलफलले निर्वाचनको तयारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।


















प्रतिक्रिया