२० मंसिर २०८२, शनिबार | December 6, 2025

निर्वाचनबाहेक अर्को विकल्प छैन : प्रचण्ड

जेनेरेसन जेडको आवाज हाम्रो पनि आवाज हो



चितवन । नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनेरेसन जेडको आन्दोलनलाई नयाँ राजनीतिक चेतनाको रूपमा व्याख्या गर्दै माओवादीले विगतदेखि उठाउँदै आएका मुद्दासँग यसको अभिन्न सम्बन्ध रहेको बताएका छन्।

शुक्रबार बिहान चितवनको भरतपुरस्थित कृष्णपुरमा रहेको जिल्ला पार्टी कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै संयोजक प्रचण्डले हालैको जेनेरेसन जेड आन्दोलन, सरकारको लापरवाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन, र वामपन्थी एकता लगायतका विषयमा स्पष्ट धारणा प्रस्तुत गरे ।

प्रचण्डले सामाजिक सञ्जालमार्फत संगठित युवा आन्दोलनलाई “नयाँ राजनीतिक चेतना” को रूपमा व्याख्या गर्दै भने, “युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन् । हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको कुरा हो ।”

उनले २३ गते राजधानीमा भएको आन्दोलनका क्रममा देखिएको “गम्भीर सुरक्षा लापरवाही” लाई घटनाको मुख्य कारण ठहर गर्दै तत्कालीन प्रधानमन्त्रीको भूमिकाको आलोचना गरे । “युवाहरूको आन्दोलन शान्तिपूर्ण थियो, तर सरकारले संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो । गोली कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित हुनु अन्तर्राष्ट्रिय रूपमा लज्जास्पद बन्यो,” उनले भने ।

प्रचण्डका अनुसार घटनापछि माओवादी केन्द्रले सर्वप्रथम आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, उच्चस्तरीय छानबिन समिति गठन गर्ने र प्रधानमन्त्रीको राजीनामाको माग गर्दै आधिकारिक निर्णय सार्वजनिक गरेको थियो । “हामीले आन्दोलनलाई वैधानिकता दियौं, प्रतिपक्षी दलहरूलाई एउटै धारणा बनाउन आग्रह गरियो, र देशलाई शान्तिपूर्ण समाधानतर्फ डोर्याउने पहल गरियो,” उनले स्पष्ट पारे ।

२४ गते सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक सकेर बाहिरिने क्रममा सुरक्षा जोखिम बढेपछि आफू स्वयम् सेनाको समन्वयमा सुरक्षित स्थानमा पुगेको प्रसंग पनि उनले स्मरण गरे ।

देशको वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्दै उनले भने, “अब निर्वाचनबाहेक अर्को विकल्प छैन । राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू र अन्तर्राष्ट्रिय समुदाय सबैको निष्कर्ष यही हो—जनताले परिवर्तनको बाटो निर्वाचनमार्फत रोज्ने छन् ।”

संभावित वाम एकताबारे बोल्दै संयोजक प्रचण्डले समाजवादी मोर्चाभित्रको पार्टी एकता पहिलो चरणमा केही दिनभित्रै घोषणा हुने जानकारी दिए। “हाम्रो दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एकताबद्ध बनाउने हो,” उनले जोड दिए ।

पार्टीको भविष्यप्रति आत्मविश्वास प्रकट गर्दै उनले हाल देशभित्र र बाहिरका विश्लेषकहरूले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा अग्रस्थानमा आउने सम्भावना रहेको उल्लेख गरे । “तीन प्रमुख पार्टीमध्ये माओवादी नम्बर एकमा आउन सक्छ भन्ने आँकलन व्यापक रूपमा भइरहेको छ,” उनले भने ।

कार्यकर्ताहरूलाई निर्वाचन तयारीमा जुट्न आह्वान गर्दै संयोजक प्रचण्डले निष्कर्षमा जोड दिए, “माओवादी केन्द्र अब फेरि जनताको विश्वास प्राप्त गरेर मुलधारको पार्टी बन्ने निश्चित छ । हामी सबैले एक भएर निर्वाचनमा जानुपर्छ ।”

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  १० : ३६ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले