काठमाडौं । अन्तरिम सरकारले फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचन बैशाखमा सार्ने तयारी गरेको छ ।
विभिन्न संवैधानिक आयोगहरूमा नियुक्ति नहुँदा र राजनीतिक दलहरूसँग आवश्यक छलफल पूरा न भएकाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न कठिन हुने निष्कर्षमा सरकार पुगेको स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, फागुनमा तोकिएको निर्वाचनका लागि आवश्यक पूर्वतयारीहरू समयमै पूरा नहुने देखिएकाले चुनाव बैशाखमा सार्ने तयारी भइरहेको छ । सो विषयमा सरकारले निर्वाचन आयोगसँग अनौपचारिक परामर्श पनि सुरु गरिसकेको बताइन्छ ।
यसैबीच, निर्वाचन आयोगले आज प्रमुख राजनीतिक दलहरूसँग आगामी निर्वाचनबारे छलफल गर्दैछ । सरकार निर्वाचन तयारीमा जुटिरहेको र प्रमुख दलहरू प्रतिनिधि सभा विघटनविरुद्धको धारणा राखिरहेका बेला आयोगले छलफल थालेको हो ।



















प्रतिक्रिया