१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पार्टीमा उर्जा भर्न हस्ताक्षर अभियान, मंसिरमै नियमित अधिवेशन हुनुपर्छ : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीभित्र चलिरहेको हस्ताक्षर अभियानलाई कांग्रेसमा ऊर्जा भर्ने सकारात्मक पहलका रूपमा व्याख्या गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै कोइरालाले उत्साहपूर्वक सञ्चालन भइरहेको हस्ताक्षर अभियानले पार्टीमा नयाँ ताजगी र उत्साह ल्याएको बताएका हुन् ।

उनले भने, “साथीहरूले उत्साहपूर्वक सञ्चालन गर्नुभएको हस्ताक्षर अभियानले कांग्रेसलाई नै ऊर्जा भन्ने हो भन्ने म बुझ्दछु । यी सबैको सम्बोधन ताजा र नियमित महाधिवेशनले मात्र सम्भव छ।”

कोइरालाले आगामी मंसिर महिनाभित्रै पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार अन्य राजनीतिक दलहरू पनि मंसिरमै अधिवेशन गर्ने तयारीमा जुटिसकेकाले कांग्रेसले ढिलाइ गर्नु हुँदैन ।

“अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौं ?” उनले प्रश्न गर्दै थपे, “कांग्रेसलाई नयाँ दिशा र सम्भावनाको पार्टी बनाउन मंसिरमै महाधिवेशन गर्नुपर्छ ।”

उनले महाधिवेशनबारे केन्द्रीय कार्यसमितिबाट त्यसबारे ठोस निर्णय आउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ४ : ३५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा