१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

ओली सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता बोलाइयो, २० कात्तिकभित्र स्वदेश फर्कन निर्देशन



काठमाडौं । सरकारले विभिन्न ११ देशका आवासीय नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। बैठकपश्चात् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारहरूलाई जानकारी दिँदै फिर्ता बोलाइएका राजदूतहरूलाई आगामी २० कात्तिकभित्र नेपाल फर्कन निर्देशन दिइएको बताए।

फिर्ता बोलाइएका राजदूतहरूमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनीका लागि शैल रुपाखेती, इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेश विक्रम ढकाल, स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे, अमेरिका लागि लोकदर्शन रेग्मी र जापानका लागि दुर्गाबहादुर सुवेदी रहेका छन्।

फिर्ता बोलाइएका मध्ये जापानका राजदूत दुर्गाबहादुर सुवेदी बाहेक सबै राजनीतिक नियुक्तिका आधारमा पदमा पुगेका थिए। यसबीच भारतका लागि राजदूत डा। शंकर शर्मालगायत केही राजदूतहरूलाई भने यथावत् राखिएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ७ : ५९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले