२३ भदौ २०८३, मंगलबार | September 8, 2026

तीन उद्योगीले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता किस्ता



काठमाडौं । सुरुदेखि नै बक्यौता असुलीमा दृढ देखिएका विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जा मन्त्री बनेपछि डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेर महसुल तिर्न आनाकानी गरिरहेका उद्योगहरुले प्रिमियम महसुलको बक्यौता रकम तिर्न सुरु गरेका छन्।

उर्जामन्त्री नियुक्त भए लगत्तै मन्त्री घिसिङले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरि महसुल नतिरेकाहरुबाट महसुल असुल उपर गर्न प्राधिकरणलाई निर्देशन गरेसँगै सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले डेडिकेटेड तथा ट्रंक लाइन बापतको किस्ता तिरेका हुन्। तीनवटै उद्योगले विगतमा किस्ताबन्दीको सुविधा लिई बक्यौता रकम तिर्न सुरु गरेका थिए। तर, २८ किस्ता सुविधा लिएर केही बक्यौता रकम तिरेपछि गत वैशाखबाट किस्ता तिर्न छाडेका थिए।

सम्राट सिमेन्टले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुलको कुल ३ करोड ७७ लाख बक्यौता रकमलाई प्रतिकिस्ता १३ लाख ४९ हजार रुपैयाँ एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट लिएको थियो।

उद्योगले चार किस्ता बुझाएपछि केपी ओली नेतृत्वको सरकार गठन भएसँगै उद्योगीहरुले गत वैशाखबाट किस्ता बुझाउन छाडेको थियो। उद्योगले एकैपल्ट तीन किस्ताको ४० लाख ४७ हजार रुपैयाँ बुझाएपछि जेठसम्मको किस्ता चुक्ता भएको छ।

स्वीकृत किस्ता सुविधा बमोजिम गत असारबाट असोजसम्म ११ किस्ता बुझाउनु पर्नेमा सात किस्ता मात्र बुझाएको भन्दै बाँकी ४ किस्ताको ५३ लाख ९६ हजार रुपैयाँ बुझाउन पुनः पत्राचार गरिएको र उद्योगले उक्त रकम तिरी बाँकी किस्ता नियमित रुपमा तिर्ने प्रतिबद्धता जनाएको प्राधिकरणको प्रदेश डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख दीपक गौतमले जानकारी दिए ।

यसैगरी, रोल्पा सिमेन्टको ९९ लाख १२ हजार बक्यौता रकमलाई प्रतिकिस्ता ३ लाख ५४ हजार रुपैयाँ एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट लिएको थियो।

६ किस्ता तिरेपछि उद्योगले तिर्न छाडेको थियो। उद्योगले पाँच किस्ताको १७ लाख ७० हजार रुपैयाँ एकैपल्ट तिरी नियमित किस्ता तिर्ने अवस्थामा पुगेको छ। अब उद्योगको १७ किस्ता तिर्न बाँकी छ।

नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले भने १२ किस्ताको १ लाख २३ हजार रुपैयाँ तिरेर बक्यौता रकम चुक्ता गरेको छ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  १० : ०२ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा