८ चैत्र २०८२, आइतबार | March 22, 2026

एमाले केन्द्रीय कमिटी बैठक तेस्रो दिन आज पनि जारी, आज पदाधिकारीहरूले राख्ने धारणा



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औँ केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ । पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहान ८ बजेबाट सुरु हुने कार्यक्रम छ ।

ललितपुरको जावलाखेलमा जारी बैठकको दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा र सुझाव राखेका थिए । पहिलो दिन ५० जना सदस्यले आफ्नो विचार प्रस्तुत गरेका थिए ।

बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ । आजको बैठकमा पार्टी पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने कार्यतालिका रहेको छ ।

पदाधिकारीहरूको धारणा सुनेपछि अध्यक्ष ओलीले सदस्यहरूले उठाएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्ने कार्यक्रम रहेको गौतमले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ८ : २२ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा