९ बैशाख २०८३, बुधबार | April 22, 2026

प्रहरीलाई गृहमन्त्रीको निर्देशन : परिस्थिति बदलिएको छ, जनचाहनाअनुसार काम गर्नुस



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै नागरिकको चाहनाअनुसार प्रभावकारी कार्यसम्पादन गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

७०औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अर्यालले नेपाल प्रहरीलाई उच्च मनोबलका साथ जनचाहनाअनुसार काम गर्न निर्देशन दिएका हुन् । उनले प्रहरीको व्यवहार जनमैत्री बन्नुपर्नेमा जोड दिए।

उनले अभाव, दबाब र चुनौतीबीच पनि प्रहरी संगठनले राज्यले दिएको जिम्मेवारी दृढतापूर्वक पूरा गरिरहेको भन्दै प्रशंसा पनि गरे। सरकारले प्रहरीका लागि स्रोत–साधन वृद्धि गर्ने दिशामा पहल गरिरहेको उनले बताए।

उनले भने, “निर्वाचन गराउने जिम्मेवारी हाम्रो छ। शान्ति र पर्याप्त स्रोत–साधनको अभावमा कार्यसम्पादन प्रभावित हुन सक्छ भन्ने गृह मन्त्रालय सचेत छ। त्यसैले प्रहरीलाई साधन–स्रोतयुक्त बनाउन सरकारले तत्काल आवश्यक कदम चाल्नेछ।”

गृहमन्त्री अर्यालले आपराधिक मानसिकताका केही व्यक्तिहरूले आन्दोलनलाई हिंसात्मक रूप दिएको स्वीकार गरे। जेन–जी समूहद्वारा आयोजित प्रदर्शन र आन्दोलन अपेक्षाभन्दा फरक दिशामा गएको भन्दै उनले भने,

“आपराधिक मानसिकताका व्यक्तिहरूले आन्दोलनका आडमा नेपाल सरकारका महत्वपूर्ण संस्थान, व्यापारिक प्रतिष्ठान, सार्वजनिक कार्यालय र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरे,” उनले भने, “सयौं प्रहरी कार्यालयमा आगजनी भयो, सवारीसाधन र उपकरणहरू तोडफोड भए, प्रहरीमाथि आक्रमणसम्म भयो। तर अहिले नागरिक सहभागितामार्फत भइरहेको मर्मत र पुनर्स्थापनाले प्रहरी नागरिकसँग नजिकको संस्था हो भन्ने पुष्टि भएको छ।”

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १२ : ३६ बजे

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन

सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने

मोरङ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औँ महाधिवेशन

बुटवलमा असुरक्षित गर्भपतन प्रकरण : थप २ जना चिकित्सक पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराएको आरोप लागेका २ जना

पश्चिम नवलपरासीमा आगलागी हुँदा बाह्र घर जले

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर-५ भैरमपुरका १२ घर जलेका छन्

सुदन किराँतीद्वारा प्रलोपा परित्याग

काठमाडौं । सुदन किराँती ले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग