१० भदौ २०८३, बुधबार | August 27, 2026

देशमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेका छौं : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई बोलाएर भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर अनुसन्धान थालिएको जानकारी दिएकी छन् । शुक्रबार विभिन्न कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई ब्रिफिङ गर्ने क्रममा उनले देशमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम थालिएको बताएकी हुन् ।

सरकारले पारदर्शितालाई बढवा दिन र सार्वजनिक कोषको दुरुपयोगका बाटाहरू बन्द गर्न राष्ट्रिय बजेटलाई संशोधन गरेको जानकारी दिँदै प्रधानमन्त्री कार्कीले फैलिएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइलहरू खोलेको बताइन् ।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यहरूका लागि सबैभन्दा बढी फौज पठाउने देश हुनुमा सरकारले गर्भ महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘यो विश्व शान्तिमा हाम्रो सामान्य तर अर्थपूर्ण योगदान हो ।’

उनले अहिले देशको अवस्था सामान्य बन्दै गएको भन्दै नेपालको सकारात्मक अवस्था विश्व समुदायमा प्रसार गर्न राजदूतहरुलाई आग्रह पनि गरिन्।

कार्कीले सबै देश र विकास साझेदारप्रति सहयोग, मित्रता र समझदारीका लागि आभार व्यक्त गरिन्।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ३ : ३७ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट