१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

देशमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेका छौं : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई बोलाएर भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर अनुसन्धान थालिएको जानकारी दिएकी छन् । शुक्रबार विभिन्न कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई ब्रिफिङ गर्ने क्रममा उनले देशमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम थालिएको बताएकी हुन् ।

सरकारले पारदर्शितालाई बढवा दिन र सार्वजनिक कोषको दुरुपयोगका बाटाहरू बन्द गर्न राष्ट्रिय बजेटलाई संशोधन गरेको जानकारी दिँदै प्रधानमन्त्री कार्कीले फैलिएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइलहरू खोलेको बताइन् ।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यहरूका लागि सबैभन्दा बढी फौज पठाउने देश हुनुमा सरकारले गर्भ महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘यो विश्व शान्तिमा हाम्रो सामान्य तर अर्थपूर्ण योगदान हो ।’

उनले अहिले देशको अवस्था सामान्य बन्दै गएको भन्दै नेपालको सकारात्मक अवस्था विश्व समुदायमा प्रसार गर्न राजदूतहरुलाई आग्रह पनि गरिन्।

कार्कीले सबै देश र विकास साझेदारप्रति सहयोग, मित्रता र समझदारीका लागि आभार व्यक्त गरिन्।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ३ : ३७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा