८ माघ २०८२, बिहिबार | January 22, 2026

रियालिटी शो एक्टिङ स्टार सिजन-१ का विजेता नविनाको गृहनगर नेपालगन्जमा स्वागत



नेपालगन्ज । रियालिटी शो एक्टिङ स्टार सिजन-१ का विजेता नविना रानाभाटलाई गृहनगर नेपालगन्जमा भब्य स्वागत गरिएको छ । उपाधी जितेपछि पहिलो पटक गृहनगर नेपालगन्ज आएकी उनलाई शुक्रबार बिहान नेपालगन्जमा बधाई सहित स्वागत गरिएका हो ।

बाजागाजा सहित बिमानस्थल लिन पुगेका शुभचिन्तक र कलाकर्मीहरुले बिमानस्थलबाट नेपालगन्जसम्म पुर्र्याएका थिए । बाँके कला केन्द्रको अगुवाईमा नेपालगन्जका कलाकार, नागरिक अगुवा लगायतले रानाभाटको स्वागत गरेका थिए ।

नगरपरिक्रमा पछि आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्ने बक्ताहरुले नबिनाले अभिनयको माध्यमबाट बाँकेको नाम रोशन गराएको बताए । उनीहरुले सयौं प्रतिस्पर्धीहरुलाई पछि पार्दै बाँकेकी चेलीले उपाधि जित्नु सबै बाँकेबासीले गर्व गर्ने बिषय भएको बताए ।

कार्यक्रममा बोल्दै नपालगन्ज उपमहानगरकी निवर्तमान नगर उपप्मुख उमा थापाले अभिनयको माध्यमबाट बाँके जिल्लाबासी सहित पश्चिम नेपाललाई खुसी दिएकोमा नबिनालाई बधाई दिइन् । उनले नबिनाको जितमा उनको मातापिताको विशेष योगदान रहेको उल्लेख गर्दै नबिनाको बाबा र आमाको प्रशंसा गरिन् ।

नबिनाका पिता भीम रानाभाटले नबिनालाई उपाधि दिलाउन योगदान गर्ने बाँकेबासी सहित देशभरीका दर्शक र शुभचिन्तकहरु प्रति आभार प्रकट गरे । सबैको हौसला र प्रयासले नेपालगन्ज र बाँकेले सफलता पाएको उनको भनाई छ ।

बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुङले बाँकेको कलाले देशमै उत्कृटताको उपाधि जित्नु बाँकेका सम्पूर्ण कलाकारको लागि गर्वको विषय भएको बताए । बाँके जिल्ला कला र संस्कृतिमा कोही भन्दा कम नभएको उदाहरण नबिनाले पुष्टी गरेको उनले बताए ।

कार्यक्रममा पत्रकार शरण कर्माचार्य, नागरिक अगुवा कृष्ण श्रेष्ठ, पर्यटन अभियन्ता श्रीराम सिग्देललगायतले उपाधि जितेपछि त्यसलाई जोगाउने र थप सफलता पाउन नबिनाले थप प्रयास गर्नु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ४ : १९ बजे

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट

दाङका वनका सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-३ स्थित नमूना महिला सामुदायिक वनमा

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

बागमती । कुलेखानी-काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिक

साफ फुटसल च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै

काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिप