चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत गाइघाटमा सातवटा सवारीसाधन एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, एउटा ट्रलेले बसलाई ठक्कर दिएपछि अन्य सवारीसाधन पनि त्यसै ट्रक र बसमा ठोक्किँदा श्रृंखलाबद्ध दुर्घटना भएको हो ।
दुर्घटनामा बसभित्र चेपिएका चालकसहित ६ जनाको उद्धार गरी उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण अहिले पनि संकलन भइरहेको र ट्राफिक अवरोध हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया