२५ असार २०८३, बिहिबार | July 9, 2026

सञ्चारमन्त्री खरेलसमक्ष कार्ययोजना पेस



काठमाडौँ । प्रेस काउन्सिल नेपालले आचारसंहिता एवं मिडिया अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । यसका लागि काउन्सिलले कार्ययोजना तयार गरेको छ । प्रस्तावित सो कार्ययोजना काउन्सिलका पदाधिकारी र कर्मचारीसहितको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पेस गरेको छ ।

आज सिंहदरबारस्थित मन्त्रालयमा सञ्चारमन्त्री खरेललाई आगामी कार्यक्रमको कार्ययोजना पेस गरेको हो । सो अवसरमा उनले काउन्सिलको अनुगमनलाई सहजीकरण गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारीदिए । उनले अनुगमन, तथ्य जाँच र निर्वाचन विशेष अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गरे ।

प्रस्तावित कार्ययोजनाअनुरुप यही कात्तिकसम्म विशेष अनुगमन, मङ्सिरदेखि तथ्य जाँच तथा आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचन सन्दर्भमा विशेष अनुगमन गरिनेछ । यसका लागि आवश्यक प्रस्तावित बजेट र कार्यक्रम ढाँचा पनि काउन्सिलले हस्तान्तरण गरेको छ ।

काउन्सिलका सदस्य शन्तराम बिडारीका अनुसार काउन्सिलको आचारसंहितासम्बन्धी अनुगमनलाई विशेष रुपमा अनुगमन गर्न तथ्य जाँच र सरकारले निर्वाचन सफल पार्ने लक्ष्यमा निर्वाचनसम्बन्धी आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन प्रस्तावित कार्ययोजना पेस गरिएको छ । सञ्चारमन्त्री खरेलले हालै काउन्सिलको भ्रमणको सिलसिलामा काउन्सिलको कामलाई गतिशील र प्रभावकारी बनाउन आवश्यक कार्ययोजना ल्याउन निर्देशन दिएका थिए । सोही अनुरुप काउन्सिलले कार्ययोजनासहित आफ्नो सक्रियता बढाएको हो ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ८ : ४१ बजे

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’

प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस

काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक, २०८३ पेस भएको

मौद्रिक नीतिपछि सेयर बजारमा निरन्तर दबाब, दोस्रो दिन पनि १९.६७ अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक भएपछि सेयर

राहदानी विभाग अगाडि युवकको आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक युवकले आफ्नै

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन,