४ चैत्र २०८२, बुधबार | March 19, 2026

गंगा दाहालले दिइन प्रचण्डको सचिवालयबाट राजीनामा



काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयबाट गंगा दाहालले आफ्नो पदबाट राजीनामा दिएकी छन्।

सचिवालय सदस्य दाहालले सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत एक सार्वजनिक सन्देश जारी गर्दै प्रचण्डको सचिवालयबाट अलग हुने निर्णय गरेको जानकारी दिएकी हुन्।

प्रचण्डका छोरा प्रकाश दाहालको निधनपछि गंगाले सचिवालयको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।

आफूले प्रचण्डको सहयोगीका रूपमा राम्रो गर्ने कोसिस गरिरहे पनि सधैंजसो विवादमा पारिएको उनले गुनासो गरेकी छिन् । राजीनामाको कारण बताउँदै गंगाले पछिल्ला दिनमा आफूलाई देखाएर पार्टी र प्रचण्डमाथि योजनाबद्ध रूपमा प्रहार भइरहेको जिकिर गरेकी छिन् । यस्तो परिस्थितिमा सचिवालयमा रहिरहनु उचित नठानेको उनले बताएकी छिन् ।

दाहालले लेखेकी छन्, ‘मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीमाथि भइरहेका योजनाबद्ध आक्रमणका कारण, पार्टी, बुवा र आन्दोलनकै हितका लागि सचिवालयको जिम्मेवारीबाट अलग हुने निर्णय गरेकी हुँ।’

सचिवालयबाट अलग भए पनि आफू आजीवन रूपमा पार्टीमा सक्रिय रहने प्रतिबद्धता दाहालले व्यक्त गरेकी छन्।

दाहालले लेखेकी छन् :

नमस्कार , मेरा बारेमा पछिल्लो समयमा बिभिन्न संचार माध्यममा आएका भ्रामक समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको छ । म, बुवा (नेकपा माओवादी केन्द्रका संयोजक कमरेड प्रचण्ड) को सचिवालयमा भाइ प्रकाश दाहालको देहवसान पछि मम्मी सीता दाहाल बिरामी हुनुभएको अवस्थामा जिम्मेवारी लिएर आए । मम्मीको हेरचाह पनि गर्नुपर्ने र भाइ प्रकाशले निभाउँदै आएको भुमिकामा रहेर अध्यक्षलाई सहयोग गर्न पार्टी नेताहरुको सल्लाहमा सचिवालयमा रहेर निस्वार्थ भावमा पार्टी आन्दोलन र बुवाको लागि आफुले सकेको सहयोगको कोशिस गरिरहे । यस दौरानमा सवैको भावना अनुसार काम गर्न सकिन होला त्यसका लागि आत्मआलोचित हुँदै यति चाही म गर्वका साथ भन्छु मैले आफ्ना लागि सोचेर कहिले पनि काम गरिन । सधै सहयोगीका रुपमा राम्रो गर्ने कोशिस गरिरहे। तर दुख लाग्छ, यो ठाउ नै त्यस्तै होकी जति राम्रो गर्छु भन्दा पनि, जति नै बिवादरहित भएर काम गर्छु भन्दा पनि बिवादमा त परिहालिने रहेछ। । म, मेरा दिदीहरू र भाइलाई महान जनयुद्धको समयमा राज्य सत्ताले निरन्तर दुःख दिएका कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागिरहियो। कुप्रचार र भ्रामक सूचना दिनेहरूले मेरा बारेमा निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि चरम दुरुपयोग गरिरहेका छन्। कहिले कति लाखको ब्याग भनिदिएको छ, कहिले कति लाखको घडी । एक लाख पर्ने घडी, ब्याग जिन्दगीमा कहिले पनि किनेको छैन । साथीभाइले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भैसक्यो । अझै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ ।
निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निस्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजिनामा दिएको छु । पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु। सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु।
अन्तमा, दिपावलीको दिप जस्तै तपॉईहरुको जीवन उज्यालो बनोस्, सबैमा दिपावली, छठ, नेपाल संवतलगायत पर्वको हार्दिक शुभकामना
धन्यवाद

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ३ : ०५ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन