८ कार्तिक २०८३, आइतबार | October 26, 2026

बोखिमका किसानलाई नौ हजार किलो उन्नत आलुको बीउ वितरण



भोजपुर । भोजपुर नगरपालिका–५ बोखिमका किसानलाई नौ हजार किलो उन्नत जातको आलुको बीउ वितरण गरिएको छ ।

स्थानीयस्तरमा उत्पादन हुँदै आएको आलुमा रोग र कीराको सङ्क्रमण बढेपछि वडा कार्यालयले किसानलाई प्रोत्साहन गर्न बीउ वितरण गरेको हो । वडाध्यक्ष फविन्द्र प्रधानका अनुसार बोखिमका करिब ३५० भन्दा बढी किसानलाई मागको आधारमा काभ्रेबाट ल्याइएको आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

वडाले यसअघि तरकारी तथा फलफूल उत्पादनमा आवद्ध किसानलाई विभिन्न कार्यक्रममार्फत प्राविधिक सहयोग गर्दै आएको जनाएको छ । उन्नत बीउ वितरणसँगै किसानलाई रोग व्यवस्थापन, मलको प्रयोग र भण्डारण प्रविधिबारे प्रशिक्षण दिने तयारीसमेत वडाले गरेको छ ।

विगतमा खेती गरिरहेको आलुमा रोगको सङ्क्रमण बढेको अवस्थामा उन्नत जातको बीउ पाउँदा खुसी लागेको स्थानीय किसान गणेशकुमार विकले बताए। आलु भण्डारणका क्रममा कीरा पर्ने समस्या रहेकाले नयाँ बीउ लगाएपछि त्यो रोगबाटमुक्त हुने आशा रहेको उनले बताए।

“हाम्रो गाउँमा हरेक घरमा आलु खेती हुन्छ”, उनले भने, “तर रोगले गर्दा उत्पादन घटेको थियो । नयाँ बीउ लगाउँदा उत्पादन राम्रो हुने र कीरा कम हुने आशा गरेका छौँ ।” बोखिम क्षेत्रमा अधिकांश किसान आलु, मकै र तरकारी खेतीमा निर्भर छन् । यहाँको उचाइका कारण आलु खेती उपयुक्त भए पनि गुणस्तरीय बीउ र कीरा नियन्त्रणको ज्ञान अभावमा किसानले समस्या भोग्दै आएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ३ : १८ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको