४ चैत्र २०८२, बुधबार | March 19, 2026

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नबुझाउने ६ उद्योगको लाइन काटियो



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी प्रिमियम महसुल नतिर्ने ठूला उद्योगहरूको विद्युत् आपूर्ति बन्द गर्न थालेको छ।

प्राधिकरणले मंगलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको जनाएको छ। यी उद्योगहरूले लामो समयदेखि बक्यौता रकम तिरेका छैनन्।

प्राधिकरणका अनुसार जगदम्बा स्टीलले एक अर्ब ६० करोड रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सले ७५ करोड ३७ लाख रुपैयाँ, शिवम् सिमेन्टले ७७ करोड ८८ लाख रुपैयाँ, घोराही सिमेन्टले ५० करोड ८५ लाख रुपैयाँ, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीजले ४४ करोड ८४ लाख रुपैयाँ र त्रिवेणी स्पिनिङ मिल्सले ३२ करोड १० लाख रुपैयाँ तिर्न बाँकी छ।

उद्योगीहरुले व्यक्ति फेरिएपिच्छे नियम फेर्न खोजेको भन्दै आफुहरुले प्रयोग गरेको विद्युतको बिल नपाएसम्म बक्यौता नतिर्ने बताउँदै आएका थिए । उनीहरुले उद्योगको लाइन नकाट्न प्रधानमन्त्री सुशीला कार्कीलाई निवेदन दिएका थिए ।

२०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापत तिर्नुपर्ने प्रिमियम महसुल यी उद्योगहरूले बुझाएका थिएनन्। लोडसेडिङको समयमा विशेष लाइनमार्फत विद्युत् उपयोग गरे पनि अतिरिक्त शुल्क नबुझाएको प्राधिकरणको आरोप छ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदा अवधिमैमा पनि उद्योगहरूले बक्यौता बुझाउन सक्ने व्यवस्था गरिएको जनाएका छन्।प्राधिकरणले दिएको किस्ताको सुविधा अनुसार पहिलो किस्ता तिरेपछि काटिएको लाइन जुनसुकै समयमा पनि जडान गर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ८ : २१ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन