२१ मंसिर २०८२, आइतबार | December 7, 2025

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नबुझाउने ६ उद्योगको लाइन काटियो



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी प्रिमियम महसुल नतिर्ने ठूला उद्योगहरूको विद्युत् आपूर्ति बन्द गर्न थालेको छ।

प्राधिकरणले मंगलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको जनाएको छ। यी उद्योगहरूले लामो समयदेखि बक्यौता रकम तिरेका छैनन्।

प्राधिकरणका अनुसार जगदम्बा स्टीलले एक अर्ब ६० करोड रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सले ७५ करोड ३७ लाख रुपैयाँ, शिवम् सिमेन्टले ७७ करोड ८८ लाख रुपैयाँ, घोराही सिमेन्टले ५० करोड ८५ लाख रुपैयाँ, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीजले ४४ करोड ८४ लाख रुपैयाँ र त्रिवेणी स्पिनिङ मिल्सले ३२ करोड १० लाख रुपैयाँ तिर्न बाँकी छ।

उद्योगीहरुले व्यक्ति फेरिएपिच्छे नियम फेर्न खोजेको भन्दै आफुहरुले प्रयोग गरेको विद्युतको बिल नपाएसम्म बक्यौता नतिर्ने बताउँदै आएका थिए । उनीहरुले उद्योगको लाइन नकाट्न प्रधानमन्त्री सुशीला कार्कीलाई निवेदन दिएका थिए ।

२०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापत तिर्नुपर्ने प्रिमियम महसुल यी उद्योगहरूले बुझाएका थिएनन्। लोडसेडिङको समयमा विशेष लाइनमार्फत विद्युत् उपयोग गरे पनि अतिरिक्त शुल्क नबुझाएको प्राधिकरणको आरोप छ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदा अवधिमैमा पनि उद्योगहरूले बक्यौता बुझाउन सक्ने व्यवस्था गरिएको जनाएका छन्।प्राधिकरणले दिएको किस्ताको सुविधा अनुसार पहिलो किस्ता तिरेपछि काटिएको लाइन जुनसुकै समयमा पनि जडान गर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ८ : २१ बजे

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको