३ आश्विन २०८३, शनिबार | September 19, 2026

पाल्पामा कुटपिटबाट एक पुरुषको मृत्यु



पाल्पा । पाल्पाको माथागढी गाउँपालिका-४ देउरी निवासी ५६ वर्षीय प्रेमबहादुर जिसीको कुटपिटबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार शनिबार राति करिब ८ बजेतिर जिसी र त्यही ठाउँका ५२ वर्षीय जनकपुरुषोत्तम जिसीबीच झगडा भएको थियो । सोही क्रममा जनकपुरुषोत्तमले प्रेमबहादुर जिसीलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घाइते अवस्थामा रहेका प्रेमबहादुर जिसीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, पाल्पा मित्यालमा पुर्याइएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल, बुटवल पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि कुटपिट गर्ने जनकपुरुषोत्तम जिसी घरमा लुकेर बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रसाद बुढाथोकीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  १० : २० बजे

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२

सहिदको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र