२२ भदौ २०८३, सोमबार | September 7, 2026

विमानस्थलबाट भारतीय नागरिक पक्राउ



काठमाडौँ । प्रहरीले आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेलो धातुसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अन्दाजी ४५ वर्षीय राहदानी नम्बर बि ६६४४९३४ बाहक नर्पतसिंह सोलङ्की रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनले भने, “आज दिउँसो थाइ लायन एयरको उडान नम्बर एसएल–२२० बाट थाइल्याण्डको बैङ्ककबाट आएका सोलङ्की विमानस्थलको अराइभल भन्सार क्षेत्रमा जाँचपछि टनेल गेटबाट बाहिर निस्किने क्रममा ड्युटीमा खटिएको प्रहरीले निजको गतिविधि शङ्कास्पत लागेर नियन्त्रणमा लिएका थिए ।”

निजको केएमसी अस्पतालमा भिडियो एक्सरे गर्दा निजको मलद्वारमा प्लाष्टिको ¥याप गरी एकवटा डल्ला सुन जस्तो देखिने पहिलो धातु ९० ग्राम फेला पारेको प्रहरीले जनाएको छ ।

उक्त बरामद सामान निकाल्न लगाई बरामद सामान उपत्यका प्रहरी कार्यलयको लेखा शाखामा राखी निजलाई जिल्ला प्रहरी परीसर काठमाडौँ पठाएको र कार्यालय खुले पश्चात त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामङ्गल बुझाइने एआइजी कार्कीले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  १० : ५६ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा