२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । राजनीतिक दलहरूसँग आज भएको संवादमा उनले यसैका निमित्त मन्त्रीहरू, सुरक्षा निकायलगायत सबैले अहोरात्र खटिएर काम गरिरहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ ।

दलहरूसँग संवादमा ढिलाइ किन भन्ने सन्दर्भमा उनले भनिन्, “यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो । त्यसमा समय लाग्यो । सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन ।”

राष्ट्रपति रामचन्द्र पौडेलबाट संवादको ढोका खोलिदिने काम भएको बताउँदै प्रधानमन्त्री कार्कीले अब जेनजी र दलहरू बसेर जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जान आह्वान गरिन् । “चुनाव सफल बनाउन सबैले आ–आफ्नो तर्फबाट भूमिका खेलौँ । यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ,” उनले भनिन् ।

बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अधिकांश दलका नेताहरुले शान्ति सुरक्षाको यथेष्ठ प्रत्याभूति नभएको, सुरक्षा निकायमा आत्मविश्वास नदेखिएको तथा आमनागरिकमा पनि निर्वाचन हुन्छ भन्ने विश्वास नभएको सम्बन्धमा धारणा राखे ।

साथै उनले यस्तो अवस्थामा निर्वाचनमा जाने हो भने सरकारको सम्पूर्ण ध्यान निर्वाचनतर्फ केन्द्रित हुनुपर्ने, शान्ति सुरक्षाको सम्पूर्ण रुपमा प्रत्याभूति गर्नुपर्ने र सरकारकै कतिपय अभिव्यक्तिले आपसी विश्वास खलबल्याउने तर्फ सजग हुनुपर्ने सुझाव दिएका थिए ।

प्रवक्ता डा महतले विश्वास दिलाउने काम सरकारको भएको र यो सरकारको म्याण्डेट नै निर्वाचन भएको बताउँदै निर्वाचनमार्फत मुलुकको राजनीतिलाई मूलप्रवाहमा फर्काउन कांग्रेस निर्वाचनमा जान तयार रहेको बताए ।

प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनको राजनीतिक वातावरण बनाउन आज विघटित संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेतासँग छलफल गरेकी हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी रहेका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ११ : ०१ बजे

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तरराष्ट्रिय

सरकारले गर्यो विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूतलाई पदमुक्त

काठमाडौ । सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

एजेन्सी । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट