४ चैत्र २०८२, बुधबार | March 18, 2026

परिवर्तन पक्षधर राजनीतिक शक्तिबीच राष्ट्रिय एकता टड्कारो आवश्यकता : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिबीच अहिले राष्ट्रिय एकता टड्कारो आवश्यकता भएको बताएका छन्।

नेपाल संवत् ११४६ को शुभ अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले राष्ट्रलाई पुनः एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

उनले लोकतन्त्रलाई सुदृढ पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्रै देश अगाडि बढ्न सक्ने उल्लेख गरेका छन्। उनका अनुसार लोकतन्त्रको “अग्रगामी सर्भिसिङ” बिना अहिले देखा परेका जटिलता समाधान गर्न सम्भव छैन।

“संविधानको पूर्ण कार्यान्वयन, गम्भीर आत्मसमीक्षा र सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढ्ने साझा संकल्प नै नेपाल संवत् ११४६ को साँचो शुभकामना हुनेछ,” प्रचण्डले भनेका छन्।

सन्देशमा उनले नेपाल संवत्लाई नेपालीको ऐतिहासिक गौरव, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको प्रतीकका रूपमा व्याख्या गरेका छन्। नेपाल संवत् सबै जातजाति र समुदायको साझा गौरव भएको बताउँदै उनले यसप्रति सबै नेपालीले गर्व गर्नुपर्नेमा जोड दिएका छन्।

प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा विसं २०६५ मा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा घोषणा गरेको र विसं २०८० मा सरकारी दस्तावेजहरूमा नेपाल संवत् लेख्ने निर्णय गरिएको स्मरण गराएका छन्।

उनले देश र जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै नेपाल संवत् ११४६ को शुभ अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ९ : ५० बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन