२२ भदौ २०८३, सोमबार | September 7, 2026

त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र इरान आमनेसामन



काठमाडौं । नेपालले आज भारतको सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा इरानविरुद्ध त्रिदेशीय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार खेल बेलुकी ६ः१५ बजे सुरु हुनेछ ।

कप्तान सावित्रा भण्डारीका अनुसार टिम मानसिक र शारीरिक रूपमा दुवै दृष्टिले खेलका लागि पूर्ण रूपमा तयार छ । उनले भनिन्, “नेपाल इरानविरुद्ध खेल्न तयार छ । यहाँ आइसकेपछि हामीले मैदानको अवलोकन पनि गरिसकेका छौँ । सबै खेलाडी आत्मविश्वासका साथ मैदानमा उत्रिनेछौं ।”

मुख्य प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा २३ सदस्यीय नेपाली टोली बुधबार भारत पुगेको थियो ।

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा इरानले घरेलु टिम भारतलाई २-० ले पराजित गरेको थियो । त्यसैले इरान आजको खेलमा आफ्नो अपराजित यात्रा कायम राख्ने प्रयासमा हुनेछ भने नेपाल प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्ने लक्ष्यमा छ ।

बिहीबार प्रतियोगिताको ट्रफी अनावरण गरिएको थियो । त्रिदेशीय मैत्रीपूर्ण प्रतियोगितामा सहभागी तीनवटै टिमले दुई-दुई खेल खेल्ने छन् । अंक तालिकामा शीर्ष स्थानमा रहने टिम विजेता घोषित गरिनेछ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ७ : ३१ बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको